भारतले स्यानिटरी प्याडको कर हटायो

एजेन्सी

    श्रावण ६, २०७५

    महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा लगाईएको १२ प्रतिशतको कर भारत सरकारले हटाएको छ । मुलुकमा खपत हुने सम्पूर्ण वस्तु तथा सेवामा लगाईएको जिएसटी हटाईएको छ । भारतमा प्रत्येक ५ मध्ये ४ महिला महिनावारी स्वास्थ्यका सामाग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसंगै भारत सरकारले सो निर्णय गरेको हो ।

    सरकारले विलासिताको सामाग्री अन्तर्गत राखी वस्तु तथा सेवा कर लगाईएको भन्दै चर्काे विरोधका कारण कर हटाईएको हो । १२ प्रतिशत करले महिलाको पहँुचलाई अझै अप्ठ्यारो पारेको अभियान कर्ताले बताएका थिए । महिनावारी शुरु भएपछिको उमेरका बालिकाले विद्यालय छाड्ने लगायतका समस्याले महिला स्वास्थ्य र वृद्धिविकासमा समेत असर पारेकाले कर हटाउँदा केही राहत हुने महिनावारी स्वास्थ्य अभियान्ता सुर्भि सिहँले बताउनुभएको छ ।

    पुराना कपडा, बोरा लगाएतका वस्तुको प्रयोगले महिला स्वास्थ्यमा परेको गम्भीर असर प्रति भारतमा हस्ताक्षर अभियान चलाईएको थियो । 

     

    प्रकाशित:श्रावण ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्