युरीया मलको विकल्पमा ‘एमोनियम सल्फेट’

- अमृता अनमोल, बुटवल

    श्रावण ६, २०७५

    युरीया मलको विकल्पमा प्रयोग हुने ‘एमोनियम सल्फेट’ मलको माग पश्चिम तराईमा बढ्दै गएको छ । अनुदानमा उपलब्ध गराइने युरीयाभन्दा केही महँगो भए पनि यसको प्रयोगले उत्पादन बढ्न थालेपछि त्यसको माग ह्वात्तै बढेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ । यो कार्यालयले प्रदेश ५, ६ र ७ मा मल बिक्री गर्दै आएको छ ।

    पहिले अनुदानमा उपलब्ध गराइएको युरीया बाहेकको मल लैजान आनकानी गर्ने किसान समेत अहिले ‘एमोनियम सल्फेटको माग गर्न थालेका छन् ।  कर्पोरेसनका प्रबन्धक हरिचन्द्र श्रेष्ठका अनुसार सबैभन्दा बढी सुदूरपश्चिममा यसको माग छ । रूपन्देही र पूर्वी तथा पश्चिम नवलपरासीका उल्लेख्य किसानले पनि ‘एमोनियम सल्फेट’ माग गरेका छन् । नेपालमा युरीया, डीएपी, पोटासलगायत सात लाख २५ हजार मेट्रिक टन मल आवश्यक छ । यसमध्ये जम्मा चार लाख २५ हजार मेट्रिक टन मात्रै सरकारले उपलब्ध गराएको छ ।

     

    प्रकाशित:श्रावण ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्