सरकार अधिनायकवादतर्फ उन्मुख : राप्रपा प्रजातान्त्रिक

काठमाडौं

    श्रावण ६, २०७५

    सरकार अधिनायकवादतर्फ उन्मुख भएको अरोप लगाउँदै राप्रपा प्रजातान्त्रिकले सच्चिन आग्रह गरेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न सुझाउनु भयो । केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सरकारले अस्पताल क्षेत्रमा गरिएको दमनप्रति उहाँले आपत्ति जनाउनुभयो । 

    त्यस्तै राप्रपा प्रजातान्त्रिकले जनताको धरातलीय अवस्था आंकलन नगरी, कर तिर्ने क्षमताको अध्ययन र योजना बिना जन्मदेखि मृत्युसम्म अन्यायपूर्ण तवरले सरकारले कर असूल्न खोजेकोमा विरोध जनाएको छ । राप्रपा प्रजातान्त्रिकद्वारा जारी विज्ञप्तिमा इन्टरनेटमा १३ प्रतिशत र जन्म दर्ता र मृत्यु दर्ता शुल्क १० रुपैयाँबाट १ हजार बनाइएको प्रति आपत्ति जनाइएको छ ।

    चूल्होमा आगो बाल्नै कठिन हुने गरी बजार भाउ बढेको तर नियन्त्रणका लागि सरकारले केही नगरेको भन्दै सो पार्टीले ध्यानाकर्षण गराएको छ । त्यसैगरी पेट्रोलियम पदार्थमा प्रति लिटर २५ पैसा अतिरिक्त शुल्क असूल्ने निर्णयप्रति पनि राप्रपाले आपत्ति जनाएको छ ।

    प्रकाशित:श्रावण ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्