मृगौला तस्करीको आरोपमा पाँचजना पक्राउ

- रमेश कुमार पौडेल, चितवन

    श्रावण १३, २०७५

    – मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले पाँचजनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट चन्द्रपुर नगरपालिका ४ का ३५ वर्षीय विक्रम पहरी, मकवानपुर बकैया गाउँपालिका ५ का २८ बर्षीय प्रकास तमाङ, मोरङ बयरबन गाउँपालिका ६ का ३४ वर्षीय दिपक लिम्बु र रसुवा उत्तरगया गाउपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेको चितवन प्रहरीले जनाएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले/उनीहरुले गाउँ– गाउँमा गएर मान्छे खोज्ने र दिल्ली पुर्‍याएर मिर्गौला झिकेर बेच्ने गरेको सूचनाका आधारमा गिरफ्तार गरेको बताउनुभयो । उनीहरुको पछि लागेर दिल्ली पुगेका र मृगौला बेच्ने कुरा सुनेपछि भागेर आएका चितवनका एकजना पीीडतको उजुरीको आधारमा अनुसन्धान सुरु भएको उहाँको भनाई छ । 

    मृगौला दिने व्यक्ति खोजेर सम्पर्क गराए बापत ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमिशन पाउने लोभमा उनीहरु यस्तो काममा लागेको पाइएको प्रहरीले जनाएको छ । डिएसपी ढकालले पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

     

    प्रकाशित:श्रावण १३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्