अमेरिकाले प्रतिबन्ध नहटाएकोप्रति उत्तर कोरिया रुष्ट

काठमाडौं

    श्रावण २५, २०७५

    -अमेरिकाले आफ्नो मुलुकमाथि लगाएको प्रतिबन्ध नहटाएको भन्दै उत्तर कोरिया रुष्ट बनेको छ । दुई मुलुकबीच सिंगापुरमा भएको सहमति पछि आफ्नो मुलुकले सद्भावपूर्ण सम्बन्ध बनाउन प्रयास गरिरहेपनि अमेरिकाले पूरानै व्यवहार देखाइरहेको उत्तर कोरियाको आरोप छ ।

    अमेरिकाको यस्तो व्यवहारले परमाणू निशस्त्रीकरणतर्फको कदममा खतरा उत्पन्न हुनसक्ने उत्तर कोरियाली विदेश मन्त्रालयले जनाएको छ । आणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण उत्तर कोरियामाथि अमेरिकासहित अन्तराष्ट्रिय समुदायले प्रतिबन्ध लगाएको छ ।

    यद्यपी गत जुनमा भएको वार्ता सकारात्मक रहेको भन्दै अमेरिकाले उत्तरमाथि थप प्रतिबन्ध लगाएको छैन ।

    अमेरिकाले प्रतिबन्ध हटाउनुअघि प्योङयाङको पूर्ण निशस्त्रीकरणको माग गर्दै आएको छ । उत्तर कोरियाले आणविक निसश्त्रिकरण गर्नेमा अमेरिका आशवादी देखिएपनि उत्तरले भने सम्झौता विपरीत कार्य गरिरहेको अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बी.बी.सीले उल्लेख गरेको छ । 

     

    प्रकाशित:श्रावण २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्