केरलामा बाढी पहिरोमा परि ३ सय २४ जनाको मृत्यु, २ लाख बढी विस्थापित

    भाद्र २, २०७५

    - भारतको दक्षिणी राज्य केरलामा   बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।  केरलाको कासरगोड बाहेक सबै जिल्लामा  राज्य सरकारले रेड अर्लट जारी गरेको छ ।  मौसम विभागले १३ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ । 

    केरलाका मुख्यमन्त्री पिनराई विजयनले बाढी पहिरो प्रभावितका लागि उद्धार र राहतको  कार्य भइरहेको बताउनुभएको छ । सरकारद्वारा बनाइएका शिविरमा करीब २ लाख मानिसले शरण लिइरहेको भारतीय सञ्चारमाध्मले उल्लेख गरेका छन् ।  हेलिकप्टर तथा डुङ्गाको सहायतामा उद्धार जारी छ । मौसम विभागले अझै केहीदिन भारी वर्षा हुने भन्दै सतर्क रहन  र सुरक्षित स्थानमा जान सर्वसाधारणमा अपिल समेत गरेको छ ।

    केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । 

    प्रकाशित:भाद्र २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्