पाकिस्तानका १९ औं प्रधानमन्त्री इमरान खानले पद तथा गोपनियताको शपथ लिँदै

    भाद्र २, २०७५

    - पाकिस्तानका १९ औं प्रधानमन्त्रीमा चयन  हुनुभएका पूर्व क्रिकेटर तथा नेता इमरान खानले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।  राष्ट्रिय सभामा हिजो भएको निर्वाचनमा बहुमत ल्याएपछि खान प्रधानमन्त्रीमा चयन हुनुभएको हो । सन् १९९२ को विश्वकप बिजेता पाकिस्तानी टोलीका सबै सदस्यलाई कप्तान खानको प्रधानमन्त्रीको सपथ कार्यक्रममा निम्त्याईएको छ ।

    यसैगरि भारतीय क्रिकेट लिजेन्ड कपिल देव, सुनिल गवास्कर र नवोजोत सिंह सिद्दुलाई पनि सपथ कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । २० बर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।   

     

    प्रकाशित:भाद्र २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्