रहेनन् अन्नान

एजेन्सी

    भाद्र २, २०७५

    – नोबेल शान्ति पुरस्कार विजेता तथा संयूक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० बर्षको उमेरमा आज निधन भएको छ । सामान्य अस्वस्थताकाबीच अन्नानको स्वीट्जरल्याण्डको बर्नस्थित एक अस्पतालमा मृत्यु भएको कोफी अन्नान फाउन्डेशनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उहाँ केही समयदेखि स्वीट्जरल्याण्डको जेनेभामा बस्दै आउनुभएको थियो ।

    अफ्रिकी देश घानामा जन्मिएका अन्नान विश्वको उच्च कूटनीतिक तहमा पुग्ने पहिलो अफ्रिकी नागरिक हुनुहुन्छ । उहाँले सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघीय महासचिवका रुपमा दुई कार्यकाल काम गर्नुभएको थियो ।

    पछिल्लो समय उहाँले सिरियामा शान्ति स्थापनाका लागि राष्ट्रसंघीय प्रतिनीधिका रुपमा समेत काम गर्नुभएको थियो । अन्नानप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुट्रेजले उहाँ एक सकारात्मक शक्तिको मार्गदर्शक रहेको बताउनुभएको छ । 

     

    प्रकाशित:भाद्र २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्