गैरकानूनी आप्रबासीलाई रोक्न ब्राजिलद्वारा सैन्य शक्ति परिचालन

काठमाडौं

    भाद्र ४, २०७५

    - भेनेजुएलाबाट गैरकानूनी रुपमा प्रवेश गर्न  लागेका आप्रवासीलाई स्थानिय प्रशासनले रोक लगाएपछि  भड्किएको हिंसा नियन्त्रण गर्न ब्राजिलले सैन्य शक्ति परिचालन गरेको छ । आर्थिक तथा राजनितिक संकट चुलिएपछि भेनेजुएलाका लाखौं नागरिक कोलम्बिया हुँदै छिमेकी मुलुक ईक्वेडर, पेरु र ब्राजिल प्रवेश गर्नेको संख्या पछिल्लो समय उच्च छ ।

    आफ्नो मुलुृकमा प्रवेश नियन्त्रणका लागि ईक्वेडर, पेरु र ब्राजिलले सीमा क्षेत्रमा कडाईं गरेका छन् । सीमा क्षेत्रमा आप्रवासीले हिंसा मच्याएपछि ब्राजिलले सैन्य बल प्रयोग गरेको बीबीसीले जनाएको छ ।  आप्रवासीलाई प्रवेश खुल्ला गर्न आवश्यक पूर्वाधार आफूसँग तयार नभएको भन्दै ब्राजिलले आप्रवासीलाई रोक लगाएको हो । 

    सन् १९७० को समयमा २० धनी राष्ट्र भित्र पर्ने दक्षिण अमेरिकी मुलुक भेनेजुएला अहिले भने आर्थिक संकट र गरिबीबाट गुज्रिरहेको छ । त्यहाँका ९० प्रतिशत भन्दा बढी नागरिक गरिबीको रेखामुनि छन् । पछिल्लो एक अध्ययनका अनुसार केही वर्षमा पोषण अभावमा त्यहाँका नागरिकले ७ केजीसम्म तौल गुमाएका छन् । भेनेजुएलामा खाद्यन्न, पानी र औषधीको अभाव छ । महँगी हजारौं गुणाले बढेर धान्न नसकिने भएपछि केन्द्रिय बैंकले सन् २०१५ यताको तथ्याङ्क नै सार्वजनिक गर्न छोडेको छ । 

     

    प्रकाशित:भाद्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्