दुई कोरियामा विभाजित एकै परिवारका सदस्यबीच पुनर्मिलन हुने

    भाद्र ४, २०७५

    - उत्तर र दक्षिण कोरियाका दर्जनौं परिवारबीच पुर्नमिलन कार्यक्रम सुरु भएको छ । गत जुनमा दुई कोरियाबीच भएको सहमति अनुसार द्वन्द्वका कारण बिछोडिएका परिवारबीच पुनर्मिलन सुरु भएको हो । आगामी २६ अगष्टसम्म जारी रहने सो पुनर्मिलनमा ८० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई प्राथमिकता दिईएको छ ।

    यसअघि पछिल्लो पटक सन् २०१५ को अक्टोबरमा यस्तो कार्यक्रम आयोजना गरिएपनि युवाहरु मात्र सहभागी भएका थिए । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेला छुटिएका आफन्तबीचको पुनर्मिलन प्रसिद्ध पर्यटकीयस्थल माउन्ट कुम्गाङ्गमा हुनेछ ।

    सोल र प्योङ्याङबीचको तनाव गत जुनबाट केही मत्थर भएपछि ६० वर्षपछि पहिलो पटक एक सयको समुहमा बृद्धबृद्धाहरु आफन्त भेट्न उत्साहित रहेको बीबीसीले उल्लेख गरेको छ । 

     

    प्रकाशित:भाद्र ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्