प्रधानमन्त्री ओली २ दिन पूर्वमा रहने

काठमाडौं

    भाद्र ५, २०७५

    प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाईंका लागि आज बिहान बिराटनगर जाँदै हुनुहुन्छ । राजनीतिक उतारचढाव, नयाँ कानुन जारी, संवैधानिक व्यवस्थाअनुसार मौलिक हकसँग सम्बन्धित विधेयकको मस्यौदा लगायत कारण पछिल्लो केही महिना उहाँ काठमाडौं केन्द्रित हुनु भएको थियो । 

    वायो ग्यास उद्घाटन देखि कार्यकर्ता भेटघाटसम्मको कार्यक्रम लिएर प्रधानमन्त्री ओली बिहान पौने ११ बजे बिराटनगर उड्न लाग्नु भएको हो । पहिलो दिन बिराटनगर महानगरपालिका १४ मा वायो ग्यास उद्घाटन, प्रदेश एकका नेता तथा कार्यकर्तालाई सम्बोधन तथा उद्योगी, व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले भोली झापाका कमल गाउँपालिकाको लखनपुरमा आयुर्वेदिक औषधालयको शिलान्यास गर्नुका साथै क्षेत्रीयस्तरका कार्यकर्तालाई सम्बोधन गर्नु हुनेछ । उहाँ भोली अपरान्ह साढे तीन बजे काठमाडौं फर्कने प्रेस संयोजक अधिकारीले बताउनुभयो । 

     

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्