रेलमार्ग निर्माण सम्बन्धमा छलफल हुँदै

काठमाडौं

    भाद्र ५, २०७५

    - नेपालमा रेलमार्ग निर्माणका बिषयमा छलफल गर्न चीन पुगेको उच्चस्तरिय नेपाली प्रतिनिधिमण्डलले आज चिनियाँ सरकारी अधिकारी र रेल विभागका अधिकारीसँग भेटवार्ता गर्दैछन् । दिउँसो हुने भेटवार्ता, नेपालमा रेलमार्ग विस्तारका लागि चीनको आर्थिक तथा प्राविधिक सहयोगका बिषयमा केन्द्रित रहने रेल विभागका सुचना अधिकारी प्रकाशभक्त उपाध्ययले जानकारी दिनुभयो ।

    भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी नेतृत्वको टोलीले चिनियाँ रेल बिभागका अधिकारीसंग हिजोपनि छलफल गरेको थियो । दुई देशीय अधिकारीबिच मुख्यरुपमा केरुङ–काठमाण्डौं, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बीनी लगायत परियोजनाबारे समेत कुराकानी हुनेछ । हिजोको छलफलमा नेपाली टोलीले भौगोलिक कठिनाईका कारण रेलमार्गको रेखाङकन तथा अध्ययनमा समस्या पर्ने भन्दै त्यसमा चीनियाँ प्राबिधिक सहयोग आबश्यक रहेको उल्लेख गरेका थिए । निकट भबिश्यमा निर्माण गर्ने भनिएका परियोजनाको सम्भाब्यता अध्ययनसंगै नक्साङ्कनका कामहरुपनि अघि बढाउने बिषयमा दुई देशीय अधिकारी सहमत भएका छन् ।

    हिजो नै चीनीयाँ प्राविधिक टोलीले काठमाण्डौ–केरुङ रेलमार्ग अध्ययन प्रतिवेदन नेपाली टोलीलाई हस्तान्तरण गरेका थिए । प्रतिवेदन अनुसार सो रेलमार्गको दुरी ७२ दशमलब २५ किलोमिटर हुनेछ । २ खर्ब ५७ अबै लागत अनुमानको सो आयोजनाको ९८ दशमलब ५ प्रतिशत क्षेत्रमा टनेल र ब्रिज रहनेछ । १ दशमलब ५ प्रतिशत क्षेत्रमात्र जमिनमा रहने अध्ययन प्रतिबेदनमा उल्लेख छ । 

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्