तरकारी बजारमा बिचौलीया अन्त्यका लागि समिति गठन

- रेडियो कान्तिपुर, काठमाडौं

    भाद्र ५, २०७५

    सरकारले तरकारी तथा फलफूलको बजारमा हुने बिचौलीया समस्या अन्त्यका लागि कार्यदल गठन गरेको छ । मंगलबार आपूर्तिमन्त्री मातृका यादव, काठमाडौ प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरे, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन, कृषि मन्त्रालयका अधिकारीलगायतको छलफलमा कार्यदल गठन गर्ने निर्णय भएको हो । 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह र कृषि विकास तथा पशु पन्छी मन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।

    तरकारी तथा फलफूल बजारमा हुने बिचौलीया पत्ता लगाउन र त्यसको समाधान, तह निर्धारण गर्न, कानूनी झन्झट तथा व्यवसाय दर्ता लगायत विषयको अध्ययनका लागि समिति गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज बताउनुभयो । अध्ययन प्रतिवेदन बुझाउन समितिलाई ५ दिनको समय दिइएको छ । 

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्