सांसद पालमाथिको घटनामा प्रहरी अनुसन्धान निस्क्रिय

काठमाडौं

    भाद्र ५, २०७५

    – प्रतिनिधिसभा सांसद निरुदेवी पालमाथि पेस्तोल देखाई धम्क्याएको घटनामा प्रहरी अनुसन्धान निस्क्रिय भएको छ । पालमाथि भएको घटनाको एक तहको अनुसन्धान भइसकेको भएपनि प्रहरीले घटनाबारे सार्वजनिक रूपमा जानकारी दिन अस्वीकार गरेको छ । प्रहरी स्रोतका अनुसार सांसद पालको लुटिएको भनिएको मोबाइल फोन कहाँ छ र कुन समयमा स्वीच अफ भयो भन्ने खुलिसकेको छैन । 

    प्रतिनिधि सभा बैठकमा सांसद पालले दूध किन्न पसल गएर फर्किने क्रममा घरको गेटमै अपरिचित व्यक्तिले रोकेर कनचटमा पेस्तोल तेर्‍स्याएको र मोबाइल फोन लुटेर लगेको जानकारी गराउनुभएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटना भएको २४ घण्टा नबित्दै एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । घटना भएको तीन सातासम्म पनि प्रहरीले घटना बारे कुनै जानकारी दिन चाहँदैन । समितिका संयोजक एसपी जोशी घटनाको अनुसन्धान भइरहेको बताउनुहुन्छ । 

    घटना लगत्तै सांसद पालले प्रहरीलाई खबर नगर्नुले त्यतिखेर नै शंका उत्पन्न गरेको थियो । सांसद माथिको कुरा भएकाले पनि घटनाको सत्य तथ्य कुरा बाहिर ल्याउन जरुरी रहेको पूर्व प्रहरी अधिकृत बताउँछन् । 

     

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्