तेस्रो टेष्टमा इन्डिया जित नजिक

काठमाडौं

    भाद्र ६, २०७५

    - ईण्डियाबिरुद्धको तेस्रो टेष्ट बचाउन ईङ्ल्याण्ड संघर्ष गरिरहेको छ । ५ सय २१ रनको उच्च लक्ष्य पछ्याएको ईङ्ल्याण्डले चौथो दिनको खेलको समाप्तिमा ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ । अन्तिम दिनको खेल बाँकी रहँदा ईङ्ल्याण्डसँग एक विकेट बाँकी छ र जितका लागि २ सय १० रन आवश्यक छ । जस बट्लरले १ सय ६ र बेन स्टोक्सले ६२ रन बनाएपनि अन्य व्याट्सम्यान चल्न नसक्दा ईङ्लीस इनिङ्स संकटमा परेको हो । जसप्रित बुमराहले ५, इशान्त शर्माले २ तथा मोहमद सामी र हार्दिक पाण्डेयले एक–एक विकेट लिए । 

    अघिल्ला २ खेलमा प्रभावशाली जित निकालेको ईङ्ल्याण्ड तेस्रो म्याचमा भने संकटमा परेको हो । पहिलो इनिङ्समा समेत ईङ्ल्याण्ड १ सय ६१ रनमा अलआउट भएको थियो । ईण्डियाले पहिलो इनिङ्समा ३ सय २९ रन बनाएको थियो भने दोस्रो ७ विकेटको क्षतिमा ३ सय ५२ रनमा डिक्लियर गरेको थियो । ५ म्याचको सिरिजमा घरेलु टोली २–० ले अघि छ । 

     

    प्रकाशित:भाद्र ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्