भाद्र ६, २०७५
- सामाजिक सन्देश मार्फत गलत सुचना फैलाएको आरोपमा फेसबुकले ६ सय ५२ वटा पेज र ग्रुप बन्द गरेको छ । ती पेज अधिकांश रुस र ईरानमा बनाईएका हुन् । ती पेजले अमेरिका, बेलायत, ल्याटिन अमेरिका, मध्य पुर्वमा अनेकौ अफवाह फैलाएको फेसबुकले जनाएको छ । सञ्चारमाध्यमको आभास दिने ती पेजले अन्य प्रयोगकर्ताले सेयर गरेका आफ्ना सामाग्री हटाएका थिए ।
ती मध्ये केही पेज रुसी सेनाले सञ्चालन गरिरहेको अमेरिकी प्रशासनको आंशका छ । साईबर सुरक्षासम्बन्धी फर्म फायर आईको सहयोगमा फेसबुकले ती पेज पत्ता लगाएको सीएनएनले जनाएको छ । अमेरिकी कानुन बमोजिमको उनीहरु विरुद्ध कार्बाही अघि बढाईएको छ ।
फेसबुकलाई सुरक्षीत बनाउन आफ्नो टिमले सक्रियताका साथ नक्कली पेज, अकाउण्ट र ग्रुपको खोजी गरिरहेको फेसबकका प्रमुख मार्क जुकरबर्गले बताउनुभएको छ ।
प्रकाशित:भाद्र ६, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्