गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल हुँदै

- आनन्द गौतम, ताप्लेजुङ

    भाद्र १४, २०७५

    -  ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटवल प्रतियोगीतामा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ । आजको पहिलो सेमिफाइनलमा झापाको रेड स्टार क्लब र सुनसरीको राष्ट्रिय जागृती क्लब इटहरी आमने–सामने  हुँदैछन् । 

     हिजो सम्पन्न अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाण्डौं विजयी भएको थिया । उसले  एम्ब्रीयो क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गरेको हो  ।  चर्चब्वाईले भोलि न्यू स्टार क्लव झापासँग खेल्नुपर्ने छ । फाइनल खेल पर्सी हुनेछ । यो बर्षको उपाधि बिजेताले ३ लाख र उप बिजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ । 

    प्रकाशित:भाद्र १४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्