पाथीभरा गोल्डकपको उपाधि रेड स्टार क्लबलाई

- आनन्द गौतम, काठमाडौं

    भाद्र १६, २०७५

    ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब झापाले उचालेको छ । स्थानीय भानुजन माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा न्युस्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै रेडस्टारले उपाधि हात पारेको हो ।

    रेड स्टारको जितमा विदेशी खेलाडी ग्लोरी र कर्ण लिम्बुले गोल गरे । न्यु स्टारका विजय राईले सान्त्वना गोल गरे । उपाधि सहित रेड स्टारले ३ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको न्यु स्टारले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो । 

     

    प्रकाशित:भाद्र १६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्