पाकिस्तानसँगको सम्बन्ध नयाँ शिराबाट शुरु गर्न अमेरिका सकारात्मक

बीबीसी
  • पोम्प्यो इस्लामाबादमा

भाद्र २०, २०७५

पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन भएसँगै सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन अमेरिका सकारात्मक देखिएको छ । नयाँ प्रधानमन्त्रीमा हालै चयन भएका इमरान खानसँग बिशेष छलफलका लागि अमेरिकी विदेशमन्त्री माईक पोम्प्यो पाकिस्तान पुग्नुभएको छ ।

यसअघिका विवाद र आपसी मतभेद अन्त्यको प्रयासमा अमेरिकी विदेशमन्त्री एक दिने भ्रमणका लागि ईस्लामावाद पुगेको बी.बी.सीले उल्लेख गरेको छ । सम्बन्ध सुधारमा थुप्रै चुनौती रहेपनि नयाँ ढंगले सम्बन्ध बिस्तारमा दुईपक्षीय प्रतिवद्धताप्रति अमेरिका आशावादी रहेको विदेशमन्त्री पोम्प्योको भनाई छ ।

अफगानी तालेवानलाई पाकिस्तानले शरण दिएको र सुरक्षामा खर्च गर्न दिएको रकम पाकिस्तानले अन्यत्रै खर्च गरेको भन्दै अमेरिकाले सहयोग रकम पूर्ण रुपमा बन्द गरेपछि दुई देशबीचको सम्बन्धमा चीसोपन आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई उपलब्ध गराउँदै आएको ७७ करोड ५० लाख अमेरिकी डलर रोक्का गर्ने निर्णय गर्नुभएको थियो । पाकिस्तानले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

प्रकाशित:भाद्र २०, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्