जापानको होक्काईदो टापुमा ६.७ म्याग्निच्युटको भूकम्प

बीबीसी
  • ८ जनाको मृत्यु, ४० जना घाईते

भाद्र २१, २०७५

जापानको उत्तरी क्षेत्रस्थित होक्काईदो टापुमा गएको ६ दशमलव ७ म्याग्निच्युटको शक्तिशाली भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ । ४० जना घाईते छन् । भूकम्पले स्थानीय थर्मल पावर प्लान्टमा क्षति पुर्‍याएका कारण सो क्षेत्रका ३० लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको जापानी सञ्चारमाध्यम एनएचकेलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

पराकम्पहरु जाने क्रम जारी रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । पश्चिमी क्षेत्रमा केही दिनअघि आएको शक्तिशाली सामुन्द्रिक आँधी (सुनामी) पछि जापानले पुन: भूकम्पको सामना गर्नुपरेको हो । २५ बर्षयताकै विकराल सुनामीका कारण १० जनाको मृत्यु भएको थियो भने ठूलो आर्थिक क्षति पुगेको थियो । 

प्रकाशित:भाद्र २१, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्