सिरिया सरकारले रासायनिक हतियार निर्माण गरेको अमेरिकाको आरोप

काठमाडौं

    भाद्र २२, २०७५

    - सिरिया सरकारले रासायनिक हतियार निर्माण गर्ने गरेको कयौं प्रमाण भेटिएको अमेरिकाले दाबी गरेको छ । सिरियाको इदलिब शहर नजिकमा रसायनिक हतियार निर्माणस्थल रहेको सिरियाका लागी अमेरिकि मिशनले दाबी गरेको हो ।

    विद्रोहीको नियन्त्रणमा रहेको एक मात्र क्षेत्रमा आक्रमणको योजना बनिरहेपनि सो क्षेत्रमा रसायनिक हतियार प्रयोग नगर्न ह्वाईट हाउसले सिरियाली सरकारलाई चेतावनी दिएको छ । दक्षिण पुर्वी क्षेत्रमा रसायनिक हतियार आक्रमण भए हजारौं सर्वसाधारणको स्वास्थ्य जोखीममा पर्ने छ । जसका कारण अन्य मुलुकमा शरण लिन सिरियाली नागरिक बाध्य हुने अमेरिकाले चेतावनी दिएको हो । सिरियाली राष्ट्रपति बशर अल असद र रुसी गठबन्धन सेनाले ईदलिब शहर नजिक बमबारी सुरु गरिसकेको रोयटर्सले उल्लेख गरेको छ ।  

     

    प्रकाशित:भाद्र २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्