ईदलिबमा युद्धविरामका लागि टर्कीले गरेको आग्रह रुसद्वारा अस्वीकार

    भाद्र २३, २०७५

    - सिरियाको ईदलिबमा युद्धविरामका लागि  टर्कीले गरेको आग्रह रुसले अस्वीकार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टर्कीले आंतकवाद विरुद्धको कारबाहीमा सर्वसाधरणको रगत नबगाउन आग्रह गरेको थियो । ३० लाख मानिसको बसोवास रहेको इदलिब, विद्रोहीको अन्तिम मुख्य पकड क्षेत्र मानिन्छ ।

    सिरियाली सरकारी सेना सँग रुस र ईरान गठबन्धनको सेनाले ठुलो कारबाहीको योजना बनाएको भन्दै यसअघि अमेरिकाले समेत त्यसो नगर्न सिरियाली सरकारलाई चेतावनी दिएको थियो । सन् २०११ देखि गृहयुद्धको चपेटामा परेको सिरियामा ३ लाख ५० हजारले ज्यान गुमाईसकेको बीबीसीले उल्लेख गरेको छ । 

    सिरियामा जारी गृहयुद्धमा ईरान र रुस सिरियाली सरकारको साझेदारको रुपमा रहेका छन् भने टर्कीले विद्रोहीको सहयोग गरिरहेको  दाबी सिरियाली गठबन्धनको छ । 

     

    प्रकाशित:भाद्र २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्