नेकपा अध्यक्ष दाहाल र मोदीबीच भेटवार्ता

- सुरेशराज न्यौपाने, नयाँदिल्ली

    भाद्र २३, २०७५

    भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको छ । नयाँदिल्लीको लोकमान्य मार्गस्थित मोदी निवासमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध र नेपालको आर्थिक विकासका लागि भारतले गर्ने सहयोग लगायत विषयमा छलफल भएको थियो ।

    नेकपा अध्यक्ष दाहालले दिल्ली प्रस्थानअघि आफ्नो भ्रमण राजनीतिक भन्दा आर्थिक र द्धिपक्षीय सम्बन्धमा केन्द्रित रहने बताउनु भएको थियो । तर, दिल्ली पुगेपछि उहाँको उच्चस्तरीय भेटघाट विशेषगरी राजनीतिक मुद्दामा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

    पूर्व प्रधानमन्त्री समेत रहेको दाहालले भारतका गृह मन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसगँ ‘वान इन वन’ भेट गर्नु भएको थियो । मोदीसँगको भेट लगत्तै उहाँले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग अहिले वार्ता गरिरहनु भएको हाम्रा नयाँ दिल्ली सहकर्मी सुरेशराज न्यौपानेले जनाएका छन् ।

    दाहाल आजै साँझ भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेशनको डिनर भेटमा समेत सहभागी हुनेछन् । भातको तीन दिने भ्रमणमा दिल्ली आएका दाहालको भोलि मध्याह्न नेपाल फर्किने कार्यक्रम छ । 

    प्रकाशित:भाद्र २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्