इजिप्टमा ७५ लाई मृत्युदण्ड, ४७ लाई आजीवन काराबास

बीबीसी

    भाद्र २३, २०७५

    सन् २०१३ मा भएको सरकार विरोधी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा इजिप्टले मुस्लिम ब्रदरहुडका नेतासहित ७५ जनालाई मृत्युदण्ड र ४७ जनालाई आजीवन काराबासको सजाय सुनाएको छ । सोही आरोपमा सरकारले आज ७ सय भन्दा बढी मुस्लिम ब्रदरहुड समर्थकलाई सजाय सुनाएको हो ।

    अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलले सरकारी निर्णय गलत भएको र इजिप्टको संविधानको चरम उल्लघंन भएको भन्दै आलोचना गरेको छ । सन् २०१३ मा इजिप्टको कायरोस्थित राबा अल अदावीयामा भड्किएको हिंसामा सरकारी सुरक्षा सेनाको कारबाहीमा सयौं जनाको मृत्यु भएको थियो ।

    मोहम्मद मोर्सी सत्ताच्यूत भएलगत्तै २०१३ मा इजिप्टमा हिंसा भड्किएको थियो । हतियारसहित उपस्थित प्रदर्शनकारीको गोली लागि दर्जनौं सृुरक्षाकर्मी समेत मारिएका थिए ।

    प्रकाशित:भाद्र २३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्