भाद्र २३, २०७५
बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको सेमिफाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा जारी खेलमा नेपाल १– ० गोलले अघि छ । नेपालले आयोजक बंगलादेशसँग बराबरी गरेमा पनि समूह चरणबाटै बाहिरिने छ ।
नेपाल विजयी भए बंगलादेश सहित ३ टोलीको ६ अंक हुँदा गोल अन्तरका आधारमा सेमिफाइनल प्रवेश गर्ने २ टोलीको निर्णय हुनेछ । ३ खेल सकिंदा पाकिस्तानको खातामा ५ गोल छ । दुई खेलबाट नेपालको खातामा ५ र बगंलादेशको ३ गोल छ । तिनै खेलमा पराजित भुटान अंकबिहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
नेपाली टोलीमा आज २ खेलाडी परिवर्तन भएका छन् । यसअघिझैं बिराज महर्जनलाई आराम दिएको नेपाली टोलीको कप्तानी किरण चेम्जोङले सम्हालेका छन् । त्यस्तै भरत खवास र निराजन खड्कालाई आज पहिलो रोजाईमा राखिएको छ । अन्जन विष्ट र विशाल राई आज पहिलो रोजाईमा पर्न सकेनन् ।
प्रकाशित:भाद्र २३, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्