भाद्र २३, २०७५
नेपाल, साफ सुजुकी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा बंगलादेशलाई २– ० गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए ।
समूह ए को निर्णयक मानिएको खेलमा आयोजक बंगलादेशलाई हराएर समूह विजेता बन्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो । पाकिस्तानसँगको खेल २ –१ ले गुमाउंदै प्रतियोगिताको सुरुवात गरेको नेपालले भुटानलाई ४ – ० र बंगलादेशलाई २ – ० ले पाखा लगायो ।
आजै भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेपछि नेपाली टोली दबाबमा आएको हो । जितसँगै पाकिस्तानले ६ अंक बटुलेको छ । आजको पराजयले आयोजक बंगलादेश भने गोल अन्तरमा पछाडि पर्दै बाहिरिएको छ ।
३ खेल सकिंदा पाकिस्तानको खातामा ५ गोल छ । दुई खेलबाट नेपालको खातामा ५ र बगंलादेशको ३ गोल छ । तिनै खेलमा पराजित भुटान अंकबिहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ । नेपाल पाकिस्तान र बंडलादेशको ६ अंक भएपनि गोल अन्तरका आधारमा आयोजक बाहिरिएको हो ।
नेपालले अब समूह बी को उपविजेतासंग पहिलो सेमिफाइनल बुधबार खेल्ने छ । समूहको बीको खेल भोलि हुनेछ ।
प्रकाशित:भाद्र २३, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्