कारोबारको पहिलो दिन नेप्सेमा गिरावट

- रेडियो कान्तिपुर, काठमाडौं

    भाद्र २४, २०७५

    शेयर कारोबार हुने साताको पहिलो दिन बजार परिसूचक नेप्सेमा आज गिरावट आएको छ । नेप्से आज १० दशमलव ७९ अंकले घटेर १ हजार २ सय १८ दशमलव ९८ अंकमा पुगेको छ । नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकम अन्तिम दिन बिहीबार भन्दा ४७ करोड रुपैयाँले कम हो ।

    आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचकमा गिरावट आएकाले समग्र बजार प्रभावित भएको हो । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ८५ दशमलव ९४, जीवन बीमा कम्पनी समूहको ६७ दशमलव ४२ र लघुवित्त कम्पनी समूहको उपसूचक २४ दशमलव ९३ अंकले घटेको छ ।

    नेप्सेमा आज १ सय ६६ कम्पनीका ४ हजार ४ सय ८७ कारोबारबाट १२ लाख ७२ हजार १ सय ८ कित्ता शेयर किनबेच भए । जसअन्र्तगत, ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकले कारोबार गरेको छ । 

     

    प्रकाशित:भाद्र २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्