वैदेशिक रोजगारी बारे जानकारी अब अनलाईनबाट

- रेडियो कान्तिपुर, काठमाडौं

    भाद्र २४, २०७५

    वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले भोलिबाट अनलाईन प्रणाली सुरु गर्ने भएको छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति रोक्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिबाट अनलाईन प्रणाली शुरु गर्न लागेको हो ।

    यो प्रणाली सञ्चालनमा आएसँगै नेपाली कादारले आफूले जान चाहेको कम्पनी, तलब, बीमा प्रक्रिया, विदेश पठाउने कम्पनीको नाम, त्यसको लागत सहित श्रम ईजाजतका सबै विवरण वेभसाईडबाटै हेर्न, विवरण भर्न, उजुरी गर्न तथा अन्य सेवा लिन पाउनेछन् ।

    श्रमिकको अनविज्ञता तथा म्यानपावर कम्पनीको लापरबाहीका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार ठगिने क्रम बढेपछि मन्त्रालयले अनलाईन प्रणालीबाटै सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भोलि एक कार्यक्रमकाबीच एकीकृत अनलाईन प्रणालीको औपचारिक घोषणा गर्ने उहाँका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।

    भोलि औपचारीक रुपमा घोषणा गरिएपनि यो प्रणाली आगामी असोज १ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने छ । वैदेशिक रोजगारको क्षेत्रमा देखिएको बढ्दो विकृति रोक्नका लागि अनलाईन प्रणालीको अवधारण ल्याएको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित:भाद्र २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्