पुरुष भलिबल टीमलाई नगद सहित सम्मान

- रेडियो कान्तिपुर, काठमाडौं

    भाद्र २४, २०७५

    इन्डोनेसियामा सम्पन्न १८ औं संस्करणको एशियाली खेलकुदमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै नेपाल भलिबल संघले राष्ट्रिय पुरुष टीमलाई नगद सहित सम्मान गरेको छ । एशियाडमा नेपालको भलिबल टिमले उत्कृष्ट प्रर्दशन गर्दै १५ औं वरियता हासिल गर्न सफल भएको थियो ।

    वरियताको भिडन्तमा मंगोलियालाई पराजित गर्ने क्रममा नेपालले एशियाडमा पहिलो जित दर्ता गरेको थियो । अर्को खेलमा श्रीलंकासँग पराजित भएपनि अन्तिममा कीर्गिस्तानले नखेल्दा नेपाललाई १५ औं वरियता प्राप्त भएको थियो ।

    संघले खेलाडी तथा प्रशिक्षकलाई आज जनही नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले भलिबल खेलाडीको प्रर्दशनबाट आफू खुसी रहेको बताउनुभयो ।

    बजेट अभावले महिला खेलाडी एशियाडमा सहभागी गराउन नसकिएको उल्लेख गर्दै उहाँले राज्यले भलिबल संघलाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने आश्वासन दिनुभयो । संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबले प्राप्त गरेको उपलब्धीबाट खुसी रहेको बताउँदै राखेपबाट थप सहयोगको अपेक्षा गर्नुभयो । 

     

    प्रकाशित:भाद्र २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्