चितवन टाइगर्समा दुई विदेशी खेलाडी अनुबन्धित

- रेडियो कान्तिपुर, काठमाडौं

    भाद्र २४, २०७५

    टीभीएस एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटका लागि चितवन टाइगर्सले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । इपीएल क्रिकेटको दोस्रो संस्करण कार्तिक अन्तिम साता हुँदैछ । चितवन टाइगर्स्ले भित्राएका खेलाडीमा इंग्ल्यान्डका म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलर हुन् ।

    १९ वर्ष मुनिको इङलिस टोलीका पूर्व कप्तान होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षीय फुलर बलिङ अलराउन्डर हुन् ।

    चितवन टाइगर्स्ले विदेशी खेलाडी अनुबन्ध गरिएको बारे जानकारी गराउन जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘टीम राम्रो बनाउन राम्रै खेलाडी लिने प्रयासमा दुई प्रतिभाशाली इंग्लिस खेलाडी लिएका छौं । यसले टिमलाई नयाँ उर्जा दिन्छ भन्ने विश्वास छ ।

    तेस्रो विदेशी खेलाडीको पनि छिट्टै टुंगो लगाउने छौं ।’ 

    दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, अनिल मण्डल, दीलिप नाथ, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम लगायत खेलाडी छन् ।

    प्रकाशित:भाद्र २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्