तमिलनाडु सरकारले राजीव गान्धीको हत्यामा दोषी ७ कैदीलाई रिहा गर्ने

    भाद्र २५, २०७५

    - भारतको तमिलनाडु सरकारले पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा जेल जीवन बिताईरहेका ७ जनालाई रिहा गर्ने प्रस्ताव पारित गरेको छ । पारित प्रस्ताव कार्यान्वयनका लागि तामिलनाडु सरकारले राज्यपाल समक्ष पठाउनेछ । गान्धी हत्यामा संलग्न भएको भन्दै भारतीय अदालतले २६ जनालाई फाँसीको सजाय सुनाएपछि पनि पुनरावेदनका क्रममा अधिकांशलाई पछि आजीवनको सजाय सुनाईएको थियो ।

    २७ वर्षदेखि जेल जीवन बिताईरहेका ७० वर्ष काटेका उनीहरुको बांकी सजाय मिनाहाका लागि तमिलनाडु सरकारले प्रक्रिया अघि बढाएको हो । जयललिता सरकारले २०१४ मै उनीहरुको रिहाईको निर्णय गरेपनि केन्द्र सरकारले उल्ट्याएको थियो । भारतीय सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर सो निर्णय गरिएको तमिलनाडु सरकारको भनाई छ ।

    तमिलनाडुका मत्स्यपालन मन्त्री डी जयकुमारले राज्यपालसँग कुनै बिकल्प नभएकाले प्रस्ताव स्वीकार हुने दावी गर्नुभयो । श्रीलंकन बिद्राही समुह एलटीटीई आबद्ध धानु नामकी एक महिलाले गराएको आत्मघाती आक्रमणमा चुनावी र्‍यालीमा रहेका गान्धी मारिएका थिए । 

    प्रकाशित:भाद्र २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्