नेपाली टोली लखनउ जाँदै

काठमाडौं

    भाद्र २५, २०७५

    - ईण्डिया र अफगानिस्तान समेत सहभागी वान डे सिरिज खेल्न नेपाली किशोर टोली आज ईण्डिया जादैछ । १९ सदस्य नेपाली टोली बिहान पौने १० बजे दिल्ली हुदै लखउन जाने मुख्य प्रशिक्षक बिनोद दासले जानकारी दिनुभयो । पर्सीबाट सुरु हुने सिरिजमा नेपालले आसिफ शेखको नेतृतवमा सहभागिता जनाउने छ ।

    सिरिजको पहिलो खेलमा बुधबार नेपालले एनसीए ए टोलीसंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा शुक्रबार ईण्डियाको अण्डर १९ टोलीसंग खेल्ने नेपालले तेस्रो खेलमा आईतबार अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा हुने सिरिजको उपाधिका लागी शीर्ष दुई टोली आगामी मंगलबार प्रतिस्पर्धा हुनेछ । सोहि दिन तेस्रो र चौथो स्थानका टोलीबिच प्ले अफ प्रतिस्पर्धा पनि हुनेछ । प्रतियोगीतामा ईण्डिया पवन शाह र एनसीए भेदान्त मुरकरको कमानीमा मैदान उत्रनेछ ।    

     

    प्रकाशित:भाद्र २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्