युएस ओपनको उपाधि जोकोभिचलाई

    भाद्र २५, २०७५

    - युएस ओपन टेनिस अन्र्तगत पुरुष एकल तर्फको उपाधि सर्बियन नोभाक जोकोभिचले जितेका छन् । तेस्रो बरियताका अर्जेन्टिनी हुवाँ मार्टिन डेल पोत्रोलाई ३–० को सोझो सेटले हराउदै जोकोभिचले तेस्रो पटक युएस ओपनको उपाधि हात पारेका हुन् ।

    पहिलो सेटमा ६–३ को सहज जित निकालेका जोकोभिचले दोस्रो सेटमा ७–६ को संर्घषपुर्ण जित हात पारेका थिए । तेस्रो सेटमा ६–३ को सहज जित निकाल्दै उनले युएस ओपनको उपाधि आफ्नो नाममा लेखाएका हुन् । उनको यो १४ औ ग्राण्डस्लाम उपाधि हो । उनले यसै सिजन विम्लण्डन टेनिसको पनि उपाधि जितेका थिए । 

    युएस ओपनको महिला तर्फको उपाधि भने जापानी नाओमी ओसाकाले जितिन् । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै नाओमीले पहिलो पटक ग्राण्डस्लामको उपाधि पहिलो पटक जापान लगेकी हुन् । 

     

    प्रकाशित:भाद्र २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्