विपक्षी दलको आह्वानमा भारत बन्द

    भाद्र २५, २०७५

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोध गर्दै विपक्षी दलहरुले भारत बन्द गराएका छन् । नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गर्दै अहिलेसम्मकै सर्वाधिक पुर्‍याएको भन्दै विपक्षी दलहरु आन्दोलनमा उत्रिएका हुन् । भारतका केही राज्यमा पेट्रोलको मूल्य प्रतिलिटर ८० भारतीय रुपैयाँ सम्म पुगेको छ ।

    विपक्षी दलका नेता कार्यकर्ताले बिहानैबाट सरकारविरोधी नारा लगाउदै बिभिन्न स्थानमा प्रदर्शन गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव शकील अहमदले कांग्रेसले आह्वान गरेको भारत बन्दको कार्यक्रममा अधिकांश विपक्षी दलले समेतसमर्थन गरेको बताउनुभयो । बिहान ९ बजे सुरु भएको बन्द दिउँसो ३ बजेसम्म जारी रहने छ । 

     

     

    प्रकाशित:भाद्र २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्