अन्तिम टेष्टमा कुकको १४७ रन, डेब्यु म्याचमा बिहारीलाई ३ विकेट

काठमाडौं

    भाद्र २६, २०७५

    - ईण्डियाविरुद्धको पाँचौ तथा अन्तिम टेष्ट क्रिकेटमा इङ्ल्याण्डले आफ्नो पकड बनाएको छ । ४ सय ६४ रनको लक्ष्य पछ्याएको इण्डियाले चौथो दिनको खेलको समाप्तिमा ५८ रन जोड्दा ३ विकेट गुमाएपछि इङ्ल्याण्ड जित उन्मुख भएको हो ।

    ३ ओभर २ बलमा २ रन जोड्दा इण्डियाले क्याप्टेन बिराट कोहली, शिखर धवन र चतेश्वर पुजारालाई गुमाएको थियो । धवनले एक रन मात्र बनाउदा कोहली र पुजाराले खातै खोल्न सकेनन् । ओपनर लोकेश राहुल अर्धसतक नजिक छन् भने अजिन्क्या रहाणे १० रनमा नटआउट छन् । जेम्स एण्डरसनले २ र स्टुवार्ड ब्रोडले एक विकेट लिएका छन् । 

    यसअघि २ विकेटको क्षतिमा १ सय १४ रनबाट चौथो दिनको खेल थालेको घरेलु टोली इङ्ल्याण्डले ८ विकेटको क्षतिमा ४ सय २३ रनमा दोस्रो इनिङ्स डिक्लियर गरेको थियो । आफ्नो अन्तिम अन्तराष्ट्रिय टेष्टमा एलेष्टर कुकले १ सय ४७ रनको सम्झनलायक पारी खेले भने क्याप्टेन जोए रुटले १ सय २५ रन बनाए । पहिलो इनिङ्समा समेत कुकले ७१ रन बनाएका थिए ।

    पहिलो अन्तर्राष्ट्रिय टेष्ट खेलिरहेका भारतका हनुमा बिहारीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजाले ३ र मोहमद सामीले २ विकेट झारे । पहिलो इनिङ्समा ईङ्ल्याण्डले ३ सय ३२ रन बनाएको थियो भने इण्डिया २ सय ९२ रनमा अलआउट भएको थियो । ५ म्याचको सिरिजमा ईङ्ल्याण्ड ३–१ ले अघि छ । 

     

    प्रकाशित:भाद्र २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्