भाद्र २६, २०७५
- अमेरिकी अर्थतन्त्रमा आएको सुधार सँगै डलरको मुल्य निरन्तर बढीरहेको छ । अमेरिकामा सरकारले उद्योग व्यवसायमा संरक्षण नीति लिएपछि अधिकांश देशका मुद्राको तुलनामा डलर बलियो बनेको छ । भारतसंग नेपालको स्थिर विनिमय दर भएकाले डलरमा उच्च बृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली विनिमयदरमा परेको छ । एक अमेरिकी डलरको नेपालीले आज १ सय १६ रुपैयाँ २३ पैसा तिर्नु पर्ने छ । खरिददर भने १ सय १५ रुपैयाँ १६ पैसा छ ।
अमेरिकी डलरमा आएको बृद्धिले युरो १ को खरिददर १ सय ३३ रुपैयाँ ८३ पैसा, बिक्रिदर १ सय ३४ रुपैयाँ ५२ पैसा, पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ४९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २३ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ३४ पैसा र बिक्रिदर ८२ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
साउदी अरबियन १ रियालको खरिददर ३० रुपैया ८३ पैसा र विक्रीदर ३० रुपैयाँ ९९ कायम भएको छ । कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ । युएई दिहम १ को खरिददर ३१ रुपैयाँ ४८ र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
मलेसियन १ रिङगेटको खरिद मुल्य २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैया ४ पैसा रहेको छ । दक्षिण कोरियाली वान १ सयको खरिददर १० रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १० रुपैया ३० पैसा कायम भएको छ । जापनिज यन १० को खरिद दर १० रुपैयाँ ४१ पैसा र विक्रीदर १० रुपैयाँ ४६ पैसा तोकिएको छ ।
प्रकाशित:भाद्र २६, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्