रुसले सैन्य अभ्यास गर्दै

    भाद्र २६, २०७५

    - रुसले शित युद्धपछिको सबैभन्दा ठुलो सैन्य अभ्यास सुरु गर्ने भएको छ । सेनाका ३ लाख जवान सहभागी हुने अभ्यास पुर्वी साईबेरीया क्षेत्रमा गरिने छ ।  भोष्टोक २०१८ नाम दिईएको सो सैन्य अभ्यासमा चीनका समेत ३ हजार २ सय सेना सहभागी हुने भएका छन् ।

    मंगोलियाले पनि सेना पठाउने निर्णय गरेको बीबीसीले उल्लेख गरको छ । सन् १९८१ को शितयुद्धका क्रममा रुसले सोहि प्रकृतीको अभ्यास गरेको थियो । चीन र मंगोलिया समेत सहभागी हुने अभ्यासका कारण नेटो र रुसबीचको तनाव झनै बढेको छ । 

    रुसले सन् २०१४ मा युक्रेनको क्राईमीया माथि कब्जा गरे देखि रुस र उत्तर एटलान्टिक सन्धी संगठन नेटो बीचका सम्बन्ध चिसिएको थियो । आफ्नो मुलुक विरुद्ध विश्व समुदायले देखाएको प्रवृत्तिका कारण सैन्य अभ्यास गर्नु स्वभाविक भएको रुसी सरकारका प्रवत्ता दिमित्रि पेस्कोभले बताउनुभएको छ ।

     

    प्रकाशित:भाद्र २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्