पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

- रमेश कुमार पौडेल, चितवन

    भाद्र २६, २०७५

    चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो भन्ने स्थानमा खसेको पहिरोका कारण गएराति देखि सो सडक अवरुद्ध भएको छ । चार किलोमा ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक राति एक बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो ।

    उहाँका अजुसार आज नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी सञ्चालनमा आउने सम्भावना न्युन छ । चार किलोमा ठूलो पहिरो खस्नुका साथै जलबिरे क्षेत्रमा साना पहिरोहरु गएका छन् । अवरिल वर्षापछि ठूलो पहिरो खसेका कारण पहिरो हटाउने काम सुरु गर्न नसेकेको उहाँले बताउनुभयो ।

    स्तरोन्न्तिको क्रममा पहाड काट्दा सो सडकखण्डमा पहिरो खस्ने समस्या देखिएको हो । पानी पर्ने क्रम नरोकिएकाले पहिरो हटाउने काम सुरु गर्न नसेकेको उहाँको भनाई थियो । 

     

    प्रकाशित:भाद्र २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्