पशुपति दर्शनका लागि विशेष ट्राफिक व्यवस्थापन

काठमाडौं
  • तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिल जान रोक

भाद्र २७, २०७५

- महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरितालिका तीजको अवसरमा महिलालाई सहजरुपमा पशुपति मन्दिर दर्शन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई सहज बनाएको छ । 

महाशाखाले पशुपतिनाथको सहज दर्शनका लागि तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिल हुदै गौशाला तर्फ आउन रोक लगाएको छ ।

नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करलाई पनि रोक लगाएको हो । यस्तै पशुपति दर्शनका लागि जाने तीर्थयात्रीलाई तिलगङ्गा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय, भारतीय दर्शनयात्रीलाई अमालकोट चौर र स्वदेशी तीर्थयात्रीलाई सिफलचौरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाका प्रहरी नायव निरिक्षक पुरुषेतम नेपालीले बताउनुभयो । 

यस्तै बानेश्वर तीनकुने भएर गौशाला जाने सवारीसाधन सोही रुटबाट फिर्ता हुने, रातोपुल गौशाला हुदै बौद्ध चल्नेलाई जमल, नारायणगोपालचोक चावहिल हुँदै जाने, नयाँ बसपार्क चावहिल हुँदै जानेलाई सोही रुट फिर्ताको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसैगरी रत्नपार्क आउनेलाई पनि सोही रुट जाने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । 

 

प्रकाशित:भाद्र २७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्