ईङ्ल्याण्डको जित

    भाद्र २७, २०७५

    - ईङ्ल्याण्डले इण्डियाविरुद्धको पाँचौ तथा अन्तिम टेष्ट क्रिकेटमा १ सय १८ रनको जित निकालेको छ । योसँगै ५ म्याचको सिरिज घरेलु टोलीले ४–१ ले जितेको छ । लण्डनमा ४ सय ६४ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली इण्डिया ३ सय ४५ रनमा समेटियो ।

    लोकेश राहुल र रिसब पन्तले छैठौं विकेटका लागि २ सय ४ रनको साझेदारी गरेपनि टोलीको हार भने टार्न सकेनन् । राहुल १ सय ४९ र पन्त १ सय १४ रनमा आउट भए । अजन्क्या रहाणेले ३७ र रविन्द्र जडेजाले १३ रन बनाउनु बाहेक भारतीय अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । जेम्स एण्डरसनले ३ तथा साम कुराम र अदिल रसिदले समान २–२ विकेट लिए । 

    पहिलो इनिङ्मा इण्डियाले २ सय ९२ रन बनाएको थियो । पहिलो इनिङ्समा ३ सय ३२ रन बनाएको ईङ्ल्याण्डले दोस्रो इनिङ्स भने ४ सय २३ रनमा डिक्लियर गरेको थियो । 

    अन्तिम टेष्टसँगै इण्डियाको ३ महिना लामो ईङ्ल्याण्ड भ्रमण समेत सकिएको छ । ३ म्याचको वान डे सिरिज इङ्ल्याण्डले २–१ ले र ३ म्याचको ट्वान्टी २० सिरिज इण्डियाले २–१ ले जितेको थियो ।   

     

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्