नेपाल मालदिभ्ससँग ३–० गोलले पराजित

काठमाडौं

    भाद्र २७, २०७५

    साफ च्याम्पियनसि फुटबलको फाइनल प्रवेश गर्दै इतिहास रच्ने नेपालको सपना चकनाचुर भएको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल मालदिभ्ससँग ३–० ले स्तब्ध भयो ।

    चट्याङ परेपछि केही समय रोकिएको खेलमा मालदिभ्सले ९ औं मिनेटमा अकरम अब्दुलको गोलमार्फत् अग्रता बनाएको थियो । शुरुबाटै दबाबमा परेको नेपालले आज स्वभाविक खेल प्रदर्शन गर्न सकेन ।

    ईब्राहिम हसनले दोस्रो हाफको ३ मिनेटभित्र २ गोल गरेपछि मालदिभ्सले सहज जित दर्ता गरेको हो । ८४ औं मिनेटमा गोल गरेका उनले ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । 

    फाइनलमा मालदिभ्सले आजै हुने भारत र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।  

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्