युरोपेली संसदले हंगेरीमाथि कारबाही गर्ने

बीबीसी

    भाद्र २७, २०७५

    हंगेरीमाथि अनुशासनको कारबाही गर्ने निर्णय यूरोपेली संसदले गरेको छ । हंगेरीले कानूनी शासन र यूरोपेली संघको मूल्यमान्यताको उल्लंघन गरेको आरोपका बीच संसदले आज उसको विपक्षमा मतदान गरेको हो । हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानको सरकारले सञ्चार माध्यम, अल्पसंख्यक र कानूनी शासनमाथि आक्रमण गरेको आरोप छ ।

    यद्यपि ओर्बानले सो को खण्डन गर्दै आएका छन् । संसदका ४ सय ४८ जनाले हंगेरीमाथि अनुशासनको कारबाही गर्नुपर्ने पक्षमा मतदान गरेका थिए । जम्मा १ सय ९७ ले हंगेरीको पक्षमा मत हालेका थिए ।

    युरोपेली युनियनका शीर्षस्थ नेताहरुको बैठकले सो निर्णय अनुमोदन गरे उमाथि अनुशासनको कारबाही हुनेछ । त्यसो भएमा हंगेरीले यूरो जोनमा मतदानको अधिकार समेत गुमाउने छ ।

    हंगेरीका प्रधानमन्त्री ओर्बानले भने युरोपेली संसदले उनको देशको सम्मानमा ठेस पुर्‍याएको आरोप लगाएका छन् ।  

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्