बालिका बलात्कारको आरोपमा एक पक्राउ

- भवानी भट्ट, कञ्चनपुर

    भाद्र २७, २०७५

    बालिका बलात्कारको आरोपमा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुर महाकाली नगरपालिका ४ सुर्खेती टोलमा १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय ४० वर्षीय आईते सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार हिजो साँझ साथीसँग खेलिरहेकी ति बालिकालाई सुनारले बलात्कार गरेका थिए । सुनारलाई स्थानीयले रङ्गे हात पक्राउ गरेका थिए । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताउनुभयो ।

    भीमदत्तनगरकी १३ वर्षीया किशोरीको बलात्कार पछि हत्या गरिएको घट्नाका दोषी अझै पत्ता नलागेको समयमा फेरि अर्की बालिका बलात्कृत भएकी छिन् ।

    कञ्चनपुरमा यसबीचमा भएको बलात्कारको यो तेस्रो घटना हो । यसअघि कञ्चनपुरकै बेल्डाडी गाउँपालिकामा पनि १५ वर्षीया बालिका बलात्कृत भएकी थिइन ।  

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्