करेन्ट लागेर तनहुँमा एकको मृत्यु

- प्रताप रानामगर, दमौली

    भाद्र २७, २०७५

    करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । अप्टिकल फाईबरको काम गर्ने क्रममा करेन्ट लागेर लमजुङ सुन्दर बजार घर भइ हाल तनहुँ भानु १ मा बस्र्दै आएका २१ वर्षीय गौरव कुमालको मृत्यु भएको हो ।

    बन्दिपुर १ चिसापानीमा अप्टिकल फाईबरको काम गर्दैगर्दा करेन्ट लागेर घाइते कुमालको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

     

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्