अवैध रुपमा ल्याएको औषधि जफत गरी नष्ट

- हरिराम उप्रेती, गोरखा

    भाद्र २७, २०७५

    अवैध रुपमा आर्युनेदीक औषधि बिक्री गर्ने ३ जना भारतीय नागरिकलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ । गोरखा नगरपालिका –६ को हरमटारी र शक्तिचोकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    माइकिङ गर्दै अवैध औषधि बिक्री गरेको सूनाको आधारमा भारत उत्तर प्रदेश रफियावाद कला सरहजपुरका २३ वर्षीय जान मोहमद, ३२ वर्षीय रहवर र २६ वर्षीय रफी महोमदलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले बिक्रीका लागि राखेको रासायनिक पदार्थ र जडीबुटी मिसावट भएका ३७ थान ट्याब्लटेका वट्टा, २४ बोत्तल तेल, गाजल लगायतका अवैध औषधि जफत गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । औषधि बेच्न स्वीकृत बिना बिक्री गरेकाले पक्राउ गरिएको डीएसपी महेन्द्र नेपालले बताउनुभयो ।

    उनीहरुले बिक्रीका लागि ल्याएका औषधि केमिकल र जडीबुटि मिसावट रहेको गोरखा आर्युवेदीक कम्पनीका कविराज जिवन रेग्मीले बताउनुभयो । 

    ब्याच नम्बर, प्यान नम्बर नै उल्लेख नभएका औषधि बिक्रीका लागि राखिएकाले जफत गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जफत गरेको औषधि वुधबार नै नष्ट गरेको छ । पक्राउ परेकाहरुलाई पनि अवैध तरिकाले औषधि बिक्री वितरण नगर्न भन्दै सम्झाएर छाडिएको प्रहरीले जनाएको छ । 

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्