म्याग्दी र कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह

- घनश्याम खड्का, म्याग्दी

    भाद्र २७, २०७५

    धौलागिरी हिमाल फेदी क्षेत्रमा परेको भीषण वर्षापछि म्याग्दी खोला र राघुगंगा खोलामा पानीको सतह तीब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र राघुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पानीको बहाव बढ्ेको छ । नदीमा पानीको सहत बढेपछि जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ ।

    धौलागिरी गाउँपालिका ४ मुदीको माथिल्लो भेग र रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेको माथिल्लो धौलागिरी वेस क्याम्प क्षेत्रमा भिषण बर्षा भएकोले एक्कासी बाढी आएको हो ।

    ‘धौलागिरी वेसनमा भीषण वर्षापछि कालीगण्डकीका सहायक नदी रघुगंगा र म्याग्दी खोलामा बाढी आएको छ । तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचना गरेका हौं’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भन्नुभयो, ‘रघुगंगा गाउँपालिका, ८ मंगले क्षेत्रमा बाढीले स्कूल समेत बगाएको खबर छ ।’

    बाढी पूर्वानुमान महाशाखाको वेभ साईटमा समाचार लेख्दाका समय रघुगंगामा पानीको सतह २ मिटरबाट बढेर ३ दशमलव ५२ मिटर र कालीगण्डकी नदीमा ७ दशमलव १२ मिटर पुगेको छ । म्याग्दी खोलाको भने बाढी मापन गरेको छैन । रघुगंगाको ५ मिटर र कालीगण्डकीको ७ मिटर सतर्कता तह हो ।

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्