बेपत्ता युवकको १९ दिनपछि शव फेला

- माधव अर्याल, काठमाडौं

    भाद्र २९, २०७५

    – १९ दिनदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको छ । पाल्पाको तानसेन नगरपालिका १ भुसालडाँडा घर भएका ३६ बर्षीय सुनील क्षेत्री घर नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएका हुन् । युनाइटेड मिसन अस्पतालमा कार्यरत क्षेत्रीको घरदेखि सय मिटर टाढाको खल्लुकधारा खोल्सामा शव भेटिएको प्रहरीले जनाएको छ । क्षेत्रीकै बुबाले कपडा र अन्य शरीरको भाग देखेपछि सुनीलकै भएको पत्ता लगाएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताउनुभयो । भदौ ११ गते बिहान घरबाट हिंडेका उनी त्यसयता घर फर्केका थिएनन् । 

     

    प्रकाशित:भाद्र २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्