आर्थिक खर्च पारदर्शी भएन

काठमाडौं

    आश्विन १, २०७५

    - चालु आर्थिक वर्ष शुरु भएको २ महिना भईसक्दा समेत सरकारी आय व्ययको तथ्याङ्क सार्वजनिक हुन सकेको  छैन । पूँजीगत खर्च सम्बन्धमा भएको प्रगती, राजश्व तथा वित्तिय खर्चको विवरण २ महिना सम्म पनि विवरण सार्वजनिक गरेको छैन ।

    यसअघि कार्यलयले सरकारले गर्ने विकास खर्च राजश्व तथा वित्तिय खर्चबारे प्रत्येक दिनको विवरण सार्वजनिक गर्ने गरेको थियो । शुरुवाती समयमा खर्चै नगर्ने परिपाटी, चाडपर्व जस्ता विषयले पनि विकास निर्माणमा प्रभाव पारिरहेको अर्थविद् डा रघुविर विष्टले बताउनुभयो । उहाले भन्नुभयो, खर्च भएको छैन विवरण कसरी सार्वजनिक हुन्छ ? 

    कोष तथा लेखा नियन्त्रणको कार्यलयले भने विवरण सार्वजनिक नभएपनि वजेट कार्यन्वयन प्रक्रिया भने अघि बढी सकेको जनाएको छ । कार्यलयका सुचना अधिकारी दिनेश रेग्मीले भन्नुभयो, चालु आर्थिक वर्षका अधिकांश अयोजना तथा राजस्व सम्वन्धी आय–व्यायको  फरफारक भईसकेका छन् सार्वजनिक हुन ढिलाई भएको मात्रै हो । 

    यद्यपी चालु आर्थिक वर्षका सुरवाती वर्षमा खर्च कम हुने र आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने परिपाटी भने यो वर्षपनि दोहोरिने संकेत देखिएको छ । गत आर्थिक वर्ष जेठ असारमा मात्रै ३४ प्रतिशत विकास खर्च भएको थियो । 

     

    प्रकाशित:आश्विन १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्