चीनले समेत करवृद्धि जवाफी निर्णय गर्‍यो

बीबीसी

    आश्विन २, २०७५

    अमेरिकाले थप २ सय अर्ब डलर बराबरका चिनियाँ सामग्रीमा गरेको करवृद्धिको निर्णयको जवाफमा बेइजिङले समेत थप ६ अर्ब बराबरका अमेरिकी सामग्रीमा करवृद्धिको निर्णय गरेको छ । अमेरिकी निर्णयविरुद्ध रक्षात्मक रणनीति अपनाउने चेतावनी दिएको चीनले सो निर्णय गरेको हो ।

    चीनले विशेष गरी अमेरिकी प्राकृतिक ग्यासको आयातमा करवृद्धि गरिने जनाएको छ । यसअघि अमेरिकाले आजै खाद्यन्न, लत्ताकपडा लगायतका ५ हजार भन्दा बढी चिनियाँ सामग्रीमा करवृद्धिको निर्णय गरेको थियो । नयाँ कर व्यवस्था आगामी सेप्टेम्बर २४ हुने अमेरिकाले जनाएको छ ।

    सुरुवातमा १० प्रतिशतबाट सुुरु गरी आगामी वर्षसम्म २५ प्रतिशतसम्म करवृद्धि गरिने अमेरिकी ट्रम्प प्रशासनले जनाएको छ । 

    जवाफमा चीनले आजै अहिलेसम्मकै उच्च ६ अर्ब बराबरका अमेरिकाबाट आयत गर्ने सामग्रीमा करवृद्धिको निर्णय गरेको हो । चीनले अनुचित तरिकाले व्यापार अघि बढाएकोले जवाफमा पछिल्लो कदम चालेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई छ ।

    अमेरिका र चीनबीच चुलिएको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक असर परेको अर्थविश्लेषकहरु बताउँछन् । 

    प्रकाशित:आश्विन २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्