रोहिंग्या मुस्लिममाथि भएको अपराधको प्रारम्भिक अध्ययन सुरु

    आश्विन ३, २०७५

    - अन्तर्राष्ट्रिय अपराध अदालतले म्यानमारमा रोहिंग्या मुस्लिम अल्पसंख्यकमाथि भएको अपराधको प्रारम्भिक अध्ययन सुरु गरेको छ । म्यानमारमा भएको सैन्य कार्बाहिका कारण ७ लाख भन्दा बढि नागरिक अन्य मुलुकमा शरण लिन बाध्य भएका छन् ।

    गत महिना संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदन म्यानमार सरकारले अस्विकार गरेको थियो । रोहिग्यां मुस्लिमको नरसंहार गरेको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ । राखिने प्रान्तमा रोहिंग्या सशस्त्र समुहले प्रहरी चौकीमा आक्रमण गरेपछि सुरु भएको कारबाहीपछि सर्वसाधारण माथि समेत सेनाले कारबाही गरेको थियो ।

    सेनाको कारबाहीका कारण झण्डै ७ लाख रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका छन् । उनीहरुलाई मुलुक फर्काउन म्यानमार सरकारले पहल नगरेको भन्दै मानव अधिकारवादी संस्थाहरुले आलोचना गर्दै आएका छन् ।  

     

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्